• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

‘स्त्री २’ ले एक हप्तामै कमायो २८९ करोड



काठमाडौँ । बलिउड फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएको छ । मात्र ५० करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा निकै कमाई गरिरहेको छ ।

फिल्मको पहिलो हप्ताको कलेक्शन सार्वजनिक भएको छ । जसअनुसार फिल्मले एक हप्तामै भारतमा मात्रै २८९ करोडको कलेक्शन गरेको ट्रेड एनालिस्ट तथा क्रिटिक्स तरण आदर्शले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो दिन बिहीबार ५५.४०, शुक्रबार ३५.३०, शनिबार ४५.७०, आइतबार ५८.२०, सोमबार ३८.४०, मंगलबार २६.८० र बुधबार २०.४० करोड कमाई गरेको थियो ।

अमर कौशिकको निर्देशनमा बनेको यस फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, पंकज त्रिपाठी, अभिषेक बनर्जी, अपारशक्ति खुराना प्रमुख भूमिकामा छन् ।