९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समता लघुवित्तको वार्षिक साधारण सभा पुस १४ गते हुने तय, ६.३२ प्रतिशत लाभांश पारित गरिने



अ+ अ-

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) पारित गर्ने कम्पनी सचिव विश्वराज श्रेष्ठले बताउनु भयो। 

आज शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे होटल क्लासिक प्रालि सिमरा बारामा साधारण सभा गर्ने निर्णय गरेको प्रबन्धक तथा कम्पनी सचिव श्रेष्ठले जानकारी दिनु भएको छ । साधारण सभा प्रयोजनका लागि पुस ५ गतेदेखि १४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव श्रेष्ठले बताउनु भयो । 

समता र घरेलु लघुवित्त एकआपसमा गाभिन लागेको हुँदा शेयर आदानप्रदान दर (स्वाप रेसियो) पनि साधारण सभाले पारित गर्नेछ । एक आपसमा गाभिएपछि लघुवित्त संस्थाको नामा समता घरेलु लघुवित्त वित्तीय संस्ता रहने र मर्जरका लागि अन्तिम सम्झौता गर्न र सो सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्ने कम्पनी सचिव श्रेष्ठले जानकारी दिनुभयो।