• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

दाहालको अनुमान: परराष्ट्रमन्त्री राणालाई भारतले महत्व दिएको एमालेलाई मन परेको छैन



काठमाडौं,। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने अनुमान गर्नुभएको छ ।

बुधबार देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले भन्नुभयो परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेकोले यो गठबन्धन लामो समय नजाने अनुमान गर्नु भएको हो ।

बैठकका सहाभगी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो ‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ।’

बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको जनाउदै नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराउनुभयो ।