• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता



काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उहाँहरुबीच बुधबार दिउँसो भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको राणाले जानकारी दिनुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ- ‘मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँ मार्फत धन्यवाद पनि व्यक्त गरेँ।’

भारतको ५ दिने भ्रमणमा जानु भएकी राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । मन्त्री राणा बिहीबार दिउँसो स्वेदश फर्किने कार्यक्रम रहेको छ ।