२ माघ २०८१, बुधबार
,
Latest
पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै रविको थुनछेक बहस सकियो, आजै आदेश आउने संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री भूकम्प सुरक्षा दिवस: पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल समाजवादी मोर्चाको बैठक शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्यापियनसिप फुटबल: भुटानले माल्दिभ्सलाई हरायो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीनरतीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एकरएक गोल गरे । यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुन: अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्तत भुटानको जीत पक्का भयो ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ ।