२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’: इजरायलबाट अपहरित जापानी बन्धक



अ+ अ-

एजेन्सी । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् ।

“हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथे ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भन्नुभयो ।

“मेरो उद्धार नहुँदासम्म मलाई म बाच्छु भन्ने विश्वास थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताउनुभयो । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक हुनुहुन्थ्यो । त्यस समयमा उहाँले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस १’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा उहाँका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ ।

इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ ।

त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

“मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भन्नुभयो ।