• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध



घोडाघोडी । निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् ।

कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ ।

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरु आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।

गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताउनुभयो । रासस