२५ भाद्र २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तत्पर छ: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्नुभयो । उहाँले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्र्नुभयो ।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै सिर्जनशिल युवा युवतीहरुलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु । स्टार्टअप बिजनेसलाई अघि बढाउने सन्दर्भमा आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर छ । यसका निमित्त सम्माननीय प्रधानमन्त्रीज्युले हामी मन्त्रीलाई स्पष्ट दिशा निर्देश गर्नुभएको छ । सबै युवा युवतीहरुलाई देशभित्र रहेर उत्पादन र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्नका लागि सिर्जनशिल ढंगले अघि बढ्न म आग्रह गर्न चाहन्छु ।’

‘विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति पनि हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । आउने दिनमा स्टार्टअप बिजनेसले नयाँ उचाई प्राप्त गर्नेछ । यो सरकारको जिम्मेवारी सम्हालेको छोटो अवधिमा आम नागरिकहरुमा सरकारप्रतिको विश्वास, सरकारले लिएका निर्णयहरुप्रतिको विश्वास र सरकारले चाल्ने सम्भावित कदमहरुकाप्रति आम नागरिकमा विश्वास जागृत हुँदै गएको पाएको छु । अर्थतन्त्रका क्षेत्रमा जस्ता समस्याहरु छन्, ति समस्यालाई एक/एक गरेर केलाउँदै, समाधान गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा हामीले हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ । केही सूचकहरु सकारात्मक पनि देखिएका छन् ।’

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलता भन्दा असफलता बढी हुने बताउनु भयो । उहाँले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रवन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताउनु भयो । उहाँले सिर्जनाशिल युवालाई उत्पादन, रोजगारीमा आवद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताउनु भयो ।