२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ । गत भदौ २ गते मात्रै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ऐतिहासिक रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ । यसअघिको रेकर्डमा सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।