१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आफ्नो नामको ‘ध्यान केन्द्र’ भक्तपुरमा तीन वर्षअघि आएका थिए ‘पाइलट बाबा’

आफ्नो नामको ‘ध्यान केन्द्र’ भक्तपुरमा तीन वर्षअघि आएका थिए ‘पाइलट बाबा’
अ अ+ अ-

भक्तपुर । भारतका चर्चित अध्यात्म गुरु, सन्त पाइलट बाबाको मंगलबार निधन भयो । उनी जुना अखडा भारतका महामण्डलेश्वर थिए । उनको पार्थिव शरीरको अन्त्येष्टि गर्न भने बाँकीे छ । लामो समयदेखि अस्वस्थ रहेका उनी भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

भारत र पाकिस्तानवीचको सन् १९६५ र १९७१ गरि दुईपटकको युद्धमा भारतीय लडाकु वायुसेनाका प्रमुख (विङ्ग कमाण्डर) भएर युद्ध लडेका कपिल सिंह पछि भौतिक सम्पत्ति त्यागेर ‘पाइलट बाबा’ बनेका थिए ।

तिनै पाइलट बाबाको नाउँमा आजभन्दा १३ वर्ष अघि २०६८ सालमा भक्तपुरको साविक गुण्डु गाविस वडा नं ३ स्थित सुर्यविनायक मन्दीरको पुर्व दक्षिणतिरको १३ रोपनी अग्लो डाँडामा पाइलट बाबा ध्यान केन्द्र तथा आश्रमको निर्माण गरिएको थियो । पाइलट बाबा ध्यान केन्द्र हाल सुर्यविनायक नगरपालिका वडा नं ७ मा पर्छ ।

धार्मिक तथा आध्यात्मिक ध्यान केन्द्रको रुपमा विकास गर्ने उद्धेश्यले तिनै पाइलट बाबाको नेपाली अनुयायी तथा नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.रामप्रसाद पोखरेल (आँखा बा) दम्पत्तिले सो जग्गा पाइलट बाबा ध्यान केन्द्र एवम् आश्रमको नाउँमा किनिदिएको त्यहाँ सञ्चालित (तत्कालिन) संस्कृत गुरुकूलका पुर्व प्राचार्य सन्तोष पौडेल बताउँछन् ।

आश्रम तयार भएपछि प्राय:जसो हरेक वर्षको महाशिवरात्रीताका सो आश्रममा भारतबाट त्यहाँ आउने गरेका पाइलट बाबा पछिल्लो पटक तीनवर्ष अघिको महाशिवरात्रीमा आएर सो आश्रममा यज्ञ गरि १० दिन बसेर भारत फर्केको पुर्व प्राचार्य पौडेल बताउँछन् ।

पाइलट बाबा हरेक पटक उनी नेपाल आउँदा उनका नेपालीका साथै विशेष गरि रसियन अनुयायीहरु आउने गरेको पौडेल बताउँछन् ।पछिल्लो पटक करीव ८ महिनाअघि पाइलट बाबा धरानस्थित त्रिखण्डी आश्रममा आएतापनि भक्तपुरमा नआएको उनी बताउँछन् ।
२०६८ सालमा केदारनाथको शीर डोलेश्वर भनेर घोषणा गर्दाताका डोलेश्वर मन्दीर हातामा आयोजना गरिएको महायज्ञमा पनि एकदिन प्रमुख अतिथि भएर आएको डोलेश्वर महादेव मन्दीर संरक्षण समितिका अध्यक्ष एवम् तत्कालिन सिपाडोल गाविसका अध्यक्ष विदुरमान सिंह बस्नेत बताउँछन् ।

आश्रमका मुख्य दाता डा.रामप्रसाद पोखरेल (आँखा बा) की धर्मपत्निको निधन भएपछि ६ वर्षअघिदेखि सो गुरुकूल बन्द भएको र त्यहाँँ अध्ययनरत विद्यार्थी भारतको बनारस, काठमाण्डौ र पोखरा लगायतका संस्कृत गुरुकूलमा अध्ययनको लागि गएपछि पाइलट बाबा आश्रम अहिले आध्यात्मिक र पर्यटकिय स्थलको रुपमा मात्रै रहेको छ ।

शिखर शैलीमा निर्मित सो आश्रमबाट काठमाण्डौ उपत्यकाका तिनैवटा शहर देख्न सकिने भएकोले पछिल्लो समय पाइलट बाबा आश्रम आन्तरिक र वाह्य पर्यटकहरुको रुचाईको थलो बनेको छ ।