२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन



अ+ अ-

एजेन्सी । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो”, उहाँको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । “हामी उहाँको सम्झना सधै रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आउनुभएका ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताउनुभएको थियो ।

“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दु:ख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु”, उहाँले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताउनुभएको हो ।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका हुनुहुन्छ । सन् १९०८ मे २३ मा जन्मनुभएका टोमिको हाल ११६ वर्षको हुनुहुन्छ ।

सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिनुभएको ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर उहाँ पूर्ण रूपमा निको हुनुभएको थियो ।