• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ ★   विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह ★   मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित ★   ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुन:निर्माण

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं: देउवा



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताउनु भयो । सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउनु भयो । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरु अघि बढने पनि बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यहि सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतीमा अरु सबै पार्टीहरुलाई समेट्दै लैजाने हो । र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढन खोजिराखेका छौं । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाईहरुले आशंका गरिरहनुपर्ने आवश्यक्ता छैन । ओलीजी पनि प्रजातन्त्रको मुलभुत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिवद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बीचमा सहमती भएको छ । त्यो सोची विचारकन भएको सहमती हो । दुई वटा पार्टी मिले भईहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलव अरु कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरुलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरुलाई साथसाथै लिएर जाने हो ।’

सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतीमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताउनु भयो ।