२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्: शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य नि:शुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दु:ख व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई नि:शुल्क भन्यौँ । एजुकेशन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो रु मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । हेल्थको हेर्दापनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको धयन त्यतातिर हामीले पुर्‍याउनुपर्छ ।’

नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनु भयो ।