१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

खोकनामा रुद्रायणी जात्रा शुरु

खोकनामा रुद्रायणी जात्रा शुरु
अ अ+ अ-

ललितपुर । काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ ।

पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानियको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ ।

स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरुलाई खटमा निकालेर सिकाली चौरमा पुर्‍याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनु भयो । उहाँले सिकाली चौरमा पुर्‍याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरुलाई पुन: रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनु भयो । उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुन: रुद्रायणी मन्दिरमै देवतालाई पुन:स्थापित गरिन्छ । पुजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहदै आएको छ । उहाँले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताउनु भयो । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनि कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उहाँको भनाई छ ।

स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताउनु भयो ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरुको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।न्युज एजेन्सी नेपाल