• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ ★   विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह ★   मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित ★   ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुन:निर्माण ★   निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस्: गृहमन्त्री

खोकनामा रुद्रायणी जात्रा शुरु



ललितपुर । काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ ।

पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानियको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ ।

स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरुलाई खटमा निकालेर सिकाली चौरमा पुर्‍याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनु भयो । उहाँले सिकाली चौरमा पुर्‍याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरुलाई पुन: रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनु भयो । उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुन: रुद्रायणी मन्दिरमै देवतालाई पुन:स्थापित गरिन्छ । पुजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहदै आएको छ । उहाँले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताउनु भयो । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनि कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उहाँको भनाई छ ।

स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताउनु भयो ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरुको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।न्युज एजेन्सी नेपाल