२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने

‘अमेरिका, अमेरिका ! मैले तिम्रा लागि सक्दो योगदान गरेँ’

‘अमेरिका, अमेरिका ! मैले तिम्रा लागि सक्दो योगदान गरेँ’
अ अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

बिदाइको क्षणमा उहाँले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गर्नुभएको थियो ।

“अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ”, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भन्नुभयो । उहाँले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गर्नुभयो ।

सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो ।

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताउनुभएको थियो । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल हुनुभएको छ ।

पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उहाँले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताउनुभयो ।

“मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,” बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भन्नुभयो । उहाँले राजिनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भन्नुभयो, “म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ भन्नुभएको थियो ।

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।

‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो ।
ह्यारिसले यसअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरू अधिवेशनको अन्तिम दिनसम्म नबोल्ने भन्दै आफ्ना अग्रज नेताप्रति सम्मानभाव व्यक्त गर्नुभएको थियो ।

“म हाम्रा स्वविवेकी राष्ट्रपति जो बाइडेनलाई पार्टी नेताको रूपमा भब्य कार्यक्रमसाथ विदाई गरेर अभियानको थालनी गरेको घोषणा गर्दछु ।” “हामी तपाईंप्रति सधैं आभारी छौं,” उहाँले भन्नुभयो ।

यो निःसन्देह बाइडेनको लागि एक कठिन विदाइ थियो तर उहाँले ह्यारिसको अभियानको लागि ‘सर्वश्रेष्ठ स्वयंसेवक’ हुने प्रण गर्दै आफ्नो विरासतले अमेरिकामा सुशासन कायम राख्नेमा विश्वास व्यक्त गर्नुभयो ।

बाइडेनले ट्रम्पको कार्यकाल र जनवरी ६, २०२१ को क्यापिटोल दङ्गापछि ‘अमेरिकाको आत्मा’ लाई निको पार्ने कार्य, अर्थतन्त्र र स्वास्थ्य सेवालगायत आफ्नो गौरवपूर्ण उपलब्धीको सूची प्रस्तुत गर्नुभएको थियो ।

आफ्नो कम लोकप्रियता रेटिङ र ट्रम्पविरुद्धको बहसको पराजयका बावजुद बाइडेनले आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

राष्ट्रपति बाइडेनले भन्नुभयो, “मैले आफ्नो करियरमा धेरै गल्ती गरेको हुनसक्छु तर मैले तपाईंहरूलाई आफ्नो सर्वश्रेष्ठ सेवा दिएको छु ।”

कार्यक्रममा सन् २०१६ मा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने होडमा ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टनले ह्यारिसलाई ‘सिसाको छानो तोड्न समर्थन गरेको’ बताउनुभएको थियो ।

“अमेरिकामा केही भइरहेको छ, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्छ, यो कुराका लागि हामीले लामो समयदेखि काम गरेका छौं र सपना देखेका छौं,” पूर्व विदेशमन्त्री तथा प्रथम महिलाले क्लिन्टनले अमेरिकामा महिला नेतृत्वलाई सफल बनाउन आफ्नो दल लागेको सङ्केत गर्दै भन्नुभयो ।

यसअघि गाजामा इजरायलको युद्धको विरोधमा भएको प्रदर्शनले सम्मेलनको उद्घाटनलाई छायाँमा पारेको थियो । यसले वामपन्थी र अरब अमेरिकीहरूबीच डेमोक्र्याटहरूका लागि सम्भावित मत बाट्ने कुरालाई जोड दिएको थियो ।

हजारौं मानिसहरूको ठूलो विरोध प्रदर्शनबाट अलग भएपछि प्रदर्शनकारीहरूको एक समूहले अधिवेशनको बाहिरी सुरक्षा घेरा तोडेको थियो ।

निलो हेल्मेट, ढाल र कालो डण्डा बोकेका प्रहरीले उनीहरूलाई भित्री घेरामा जानबाट रोकेका थिए । यसैबीच, डेमोक्र्याटिक पार्टीको शीर्ष स्थानमा अचानक भएको परिवर्तनका कारण ट्रम्प विवादमा तानिएका छन् ।

डेमोक्र्याटहरू शिकागोमा रहँदा रिपब्लिकनहरूले एक हप्ता लामो देश दौडाहा गरिरहेका छन् ।