२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनु भयो । उहाँले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउनु भयो । उहाँले क्रिकेट नेपालका पहिचान भएको बताउनु भयो । उहाँले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्नुभयो । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट नेपालका लागि एउटा पहिचान मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको छ । नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै पनि यसो हेर्दा क्रिकेट रंगशाला अहिले पनि व्यवस्थित रुपमा कुनै रंगशाला हुन सकेको छैन । तर खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित छन् । खेलाडीहरु राष्ट्रका गहना हुन् । खेलाडीहरुलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरुलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफँै चासो दिएर पहल गरिरहेको छु ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बताउनु भयो । उहाँले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताउनु भयो । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताउनु भयो । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताउनु भयो ।

सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो । नेपाल प्रिमियर लिगले अझ माथि पु¥याउने बताउनु भयो । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।