१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद



फाइल फाेटाे
अ+ अ-

वीरगञ्ज, (पर्सा) । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्षदेखि २०७९/८० देखि २०८०/८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिनुभयो ।

“सो अवधिमा वनपैदावर तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो । कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

कार्यालयले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको जनाएको छ ।

कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा एक सय २० थान वनपैदावरसँग र छ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।

कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावरसँग सम्बन्धित मुद्दालाई प्रथामिकतामा राखेर फस्र्यौट गरिने बताउनुभयो । “कार्यालय केही समय निमित्तका भरमा चलेकाले वनपैदावरसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन सकिएन्”, उहाँले भन्नुभयो, “वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलनको प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावरसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौट प्रक्रिया अघि बढाइनेछ ।” रासस