२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद



फाइल फाेटाे
अ+ अ-

वीरगञ्ज, (पर्सा) । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्षदेखि २०७९/८० देखि २०८०/८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिनुभयो ।

“सो अवधिमा वनपैदावर तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो । कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

कार्यालयले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको जनाएको छ ।

कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा एक सय २० थान वनपैदावरसँग र छ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।

कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावरसँग सम्बन्धित मुद्दालाई प्रथामिकतामा राखेर फस्र्यौट गरिने बताउनुभयो । “कार्यालय केही समय निमित्तका भरमा चलेकाले वनपैदावरसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन सकिएन्”, उहाँले भन्नुभयो, “वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलनको प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावरसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौट प्रक्रिया अघि बढाइनेछ ।” रासस