१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थालेसिमियां रोग पिडित बालकलाई आर्थिक सहयोग गरेर मनाए पौडेल दम्पतीले छोरीको जन्मदिन



अ+ अ-

अर्घाखाँची । भुमेकास्थान नगरपालिका वडा नं. २ निवासी हाल लमहि दाङमा होटल व्यवसाय गर्दै आएका युवराज पौडेल र उहाँकी धर्मपत्नी निर्मला पौडेले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर भुमेकास्थान नगरपालिका वडा नं २ निवासी थालेसिमियां रोग पिडित चार बर्षिय बालक अनुज खनालको उपचारका लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको छ।

उहाँहरुले छोरी युनिसा पौडेलको दोस्रो जन्मदिनको अवसर पारेर उक्त रकम थालेसिमियां रोग पिडित चार वर्षिय बालक अनुज खनालको उपचारमा सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम अनेरास्ववियू आर आर क्याम्पसका नेता सुशील खनालले पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो।

(तस्बिर: अनेरास्ववियू आर आर क्याम्पसका नेता सुशील खनाल)

हस्तान्तरण गर्ने क्रममा बोल्दै खनालले दुखको बेलामा सबैले सहयोग र सदभाव राख्नुपर्ने र खनाल आफुले पनि बालकको उपचारका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।