२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

यसपटक दीक्षान्त समारोहमा पीएचडी, एम. फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी

यसपटक दीक्षान्त समारोहमा पीएचडी, एम. फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी
अ अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम. फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिनुभयो । पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिन पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ÷सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन ।

तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ । जुम प्रविधिबाट गर्न व्यावहारिक हिसाबले समस्या भएका कारण फरक खालको मोडालिटीमा कार्यक्रम गर्ने योजना बनाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।

विश्वविद्यालयले दीक्षान्त समारोह त्रिविकै केन्द्रीय परिसरको भवनमा गर्ने भएको छ । यसअघि धेरै विद्यार्थी सहभागिता हुने भएकाले त्रिविको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परिसरमा दीक्षान्त समारोह गर्ने गरिएको थियो । त्रिविको गत वर्षको दीक्षान्त समारोह पनि सोही परिसरमा गरिएको थियो जसमा १० हजार ३८४ जनाले दीक्षान्तमा प्रत्यक्ष सहभागिता जनाएका थिए । गोरखापत्र दैनिक