२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

२ करोड १७ लाख नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप दिईने

२ करोड १७ लाख नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप दिईने
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा। श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् । कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइनेछ । ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नुपर्नेछ । त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना कार्यान्वयनमा ल्याएको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि विषयगत समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यस्तै, भ्याक्सिन उत्पादन परीक्षण भइरहेका देशसँग कूटनीतिक प्रयास थालिएको सहप्रवक्ता डा. अधिकारीले बताए । नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना नरहेको बताइएको छ । सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ । 

सार्कअन्तर्गत संक्रमणमुक्त दरमा नेपाल अग्रस्थानमा 

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ । वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । माल्दिभ्समा कुल संक्रमित १३ हजार १ सय ४३ जनामध्ये १२ हजार १ सय ९९ जना संक्रमणमुक्त भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरमा उल्लेख छ ।

भुटानमा कुल संक्रमित ४ सय २४ जनामध्ये ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कुल संक्रमित ४ लाख १३ हजार १ सय ९१ जनामध्ये ३ लाख ५२ हजार ५ सय २९ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा ४ लाख ७५ हजार ७ सय ८९ जना संक्रमितमध्ये ३ लाख ९३ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

वल्र्डमिटरका अनुसार अफगानिस्तानमा ४७ हजार ६ सय ४१ संक्रमितमध्ये ३७ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । श्रीलंकामा २६ हजार ५ सय ५९ जना संक्रमितमध्ये १९ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

सार्क देशमा कोरोना संक्रमणमुक्त हुने दर
देश संक्रमणमुक्त दर (प्रतिशतमा)
भारत ९४.२८
नेपाल ९३.४०
माल्दिभ्स ९२.८१
भुटान ९१.२७
पाकिस्तान ८५.३१
बंगलादेश ८२.६८
अफगानिस्तान ७८.६८
श्रीलंका ७३.१८
 राजधानी दैनिक