२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री भारतमाः आज प्रधानमन्त्री मोदी र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

आज साँझ उहाँहरुबीच भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनी हिजो पहिलो पटक विदेश भ्रमणका रुपमा भारत गएकी हुन् ।

उहाँले आज अपराह्न विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्ने भएकि छिन् । त्यसैगरी सो भेटवार्तापछि उनले आजै साँझ भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको हो । सो भेटमा नेपाल भारत सम्बन्धका विविधि पक्षमा कुराकानी पनि हुने जनाइएको छ । विदेश मन्त्री राणासँग भेटका लागि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि समय मागिएको परराष्ट्र स्रोतले बतायो । तर सो भेटका बारेमा भने निश्चित भैसकेको छैन ।

आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

आज उनी उच्चस्तरीय भेटमा व्यस्त रहने बताइएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा उनको यो भेट केन्द्रित रहेको छ । राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।