२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकसँग शेयर मार्जिन कर्जा ७० प्रतिशत नै कायम गर्न लगानीकर्ताहरुको माग



अ+ अ-

काठमाडौँ । पूँजी बजारका लगानीकर्ता सम्बद्ध संघसंस्थाहरु शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धी बुँदा तुरून्त फिर्ता गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् । 

मौद्रिक नीतिमा शेयर मार्जिन कर्जा ७० प्रतिशत कायम गरिएमा हालै राष्ट्र बैंकले त्रैमासिक समीक्षा गर्दै शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांश राखिएकोमा लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । साना साना लगानीकर्ताहरूको भर्खर शेयर बजारमा भएको प्रवेशलाई निरन्तरता दिन,पूँजीबजारको लगानीकर्ताहरूको लगानीको पनि सुरक्षा गर्न हालै मौद्रिक नीति मार्फत फेरबदल नगर्न लगानीकर्ताहरुले जोड दिएको छन् ।  विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवश्थामा अकस्मात् राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गए होला भन्दै आम लगानीकर्ताहरूको  राष्ट्र बैंकसंग  ज्ञापन पत्र अन्तरगत  प्रश्न पनि गरेका छन्।