२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २२ करोड ८१ लाख ४० हजार रुपियाँ रहेको छ । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ सम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रवीणकुमार लामाले जानकारी दिनुभयो । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गर्ने कम्पनी सचिव लामाले बताउनु भएको छ।