१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

खेलकुद महासंघलाई शंकर पोखरेलको निर्देशन: जिम्मेवारीसहितको नेता बन्नुस्

खेलकुद महासंघलाई शंकर पोखरेलको निर्देशन: जिम्मेवारीसहितको नेता बन्नुस्
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिनेगरी अगाडि बढ्न खेलकुद महासंघलाई निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय ललितपुरमा नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साझा खेल संघहरुमा महासंघको नेतृत्वलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो ।

सबै खेल संघहरुमा कमिटी भित्रका पदाधिकारीहरुलाई पदीय हिसावले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘स्वभाविक रुपमा यो महासंघ त्यतिबेला सबल र सक्षम हुनसक्छ, जतिबेला सबै प्रकारका खेल संगठनहरुभित्र यसको प्रभाव बिस्तार हुने गर्छ । तपाईंहरुले बलियो संगठन बनाउनु भयो तर साझा खेल संगठनहरुभित्र तपाईंको उपस्थिति कमजोर भयो भने खेल क्षेत्रमा आफ्नो प्रभाव र नेतृत्व स्थापित हुँदैन । हाम्रो प्रभाव र नेतृत्व केको माध्यमबाट स्थापित हुन्छ भन्दा साझा खेल संघहरुको माध्यमबाट ।

त्यसको नेतृत्वमा स्थापित गर्न प्रादेशिक तहका खेल संस्थाबाट क्रमश: आफूलाई सुदृढ गर्ने खालको योजना बनाएर सफल हुनसक्यो भने बल्ल खेलकुद महासंघ समग्र राष्ट्रको खेलकुदको नेतृत्व गर्नसक्ने निर्णायक संगठन बन्यो भनेर गर्व गर्न सकिन्छ । साझा संगठनहरुमा हाम्रो उपस्थिति अहिले पनि कमजोर छ । यस अर्थमा महासंघको उद्देश्य साझा खेल संघहरुमा आफ्नो नेतृत्व स्थापित कसरी गर्न सकिन्छ भनेर हेर्नु हो । हरेक नेताहरुलाई जिम्मेवारी तोकेर दिनुहोस् । खेल संघभित्र नेतृत्व स्थापित गर्न सकियो भने त्यो सफल हो । अन्यथा पदको मात्रै नेता हो, जिम्मेवारीको नेता होइन । जिम्मेवारीको नेता त्यो हो जसले आफूले प्राप्त गरेको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न सक्दछ । त्यस अर्थमा तपाईंहरु पदीय हिसावले मात्र नेता हुने की जिम्मेवारी पूरा गर्ने नेता हुने आफैँ निर्णय गर्नुहोस् ।’

नेकपा एमालेको खेलकुद महासंघ युवाहरुलाई जोड्ने ठूलो इकाईको रुपमा लिइन्छ । महासंघले विगत केही वर्षदेखि खेलकुदको गतिविधि सञ्चालन पनि गर्दै आएको छ ।