• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo

थाई राजाद्वारा पातोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त



Thailand’s new Prime Minister Paetongtarn Shinawatra talks to media members after receiving a royal letter of endorsement for the post at the Pheu Thai party headquarters in Bangkok, Thailand, Sunday, Aug. 18, 2024. (AP Photo/Sakchai Lalit)

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले पाइतोङटार्न सिनावात्रालाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेको प्रतिनिधि सभाका महासचिव अर्पथ सुखानुन्थले आईतवार घोषणा गर्नुभएको छ ।

आईतवार बिहान फेउ थाई पार्टीको मुख्यालयमा आयोजित एक कार्यक्रममा अर्पथले शाही कमाण्ड बुझाउनुभएको थियो । अगस्ट १६ मा भएको संसदीय मतदानमा बहुमत प्राप्त भएकाले पातोङटार्नलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो आधिकारिक भाषणमा उहाँले संसदीय कार्यकालको बाँकी तीन वर्षमा विधायिका शाखासँग सहकार्य गर्ने र थाइल्याण्डलाई अटल अठोटका साथ अगाडि बढाउने लक्ष्य रहेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पातोङटार्नले २०२१ मा फेउ थाई पार्टीको सहभागिता र नवीनतासम्बन्धी सल्लाहकार समितिको अध्यक्षको रूपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।