• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

साफ यू–२० च्याम्पियनसिप: नेपालको विजयी शुरुवात



काठमाण्डौ । साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे ।

दोस्रो हाफमा भने नेपालले गोल गर्ने राम्रो मौका गुमाएको थियो । नेपालका समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । यस्तै, खेलको ईन्जूरि टाईमको निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

अब नेपालले बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ‘बी’का भारत र भुटान खेल्दैछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् ।