७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश९बोनस शेयर र नगद लाभांशको करसमेत० प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।