• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रममा निरन्तरता



कमला ह्यारिस (AP Photo/Mike Stewart)

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ ।

विजयका लागि महत्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उहाँको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ ।

गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उहाँको चर्चा दिन प्रतिदिन चुलिन थालेको छ ।

राष्ट्रपति जो बाइडेनले करिब एक महिना पहिले निर्वाचनबाट आफ्नो उम्मेदवारीलाई फिर्ता गर्दै आफ्ना सहयोगी ह्यारिसलाई समर्थन गर्नुभएको थियो । अभियानमा उत्साहको लहर चलाउँदै उपराष्ट्रपति ह्यारिसले आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो चुनावी नारा लिएर आइतबार पेन्सिलभेनिया राज्यका विभिन्न स्थानको र्‍यालीलाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि ५९ वर्षीय ह्यारिस डेमोक्र्याट्स प्रशंसकको स्वागतका लागि सिकागो पुग्नुहुनेछ । उहाँको अभियानले सिकागोको चुनावमा ट्रम्पको अग्रताको सम्भावनालाई क्षीण बनाएपछि गत हप्ता ट्रम्पले त्यहाँ माहोल फेरि आफ्नो पकडमा आउने आशा व्यक्त गर्नुभएको थियो ।

गाजामा हमासविरुद्ध इजरायलको युद्धलाई बाइडेन–ह्यारिस प्रशासनले समर्थन गरेको भन्दै यसको विरोधमा आइतबारदेखि हरेक दिन हजारौँ प्रदर्शनकारी सिकागो उत्रिने अपेक्षा ट्रम्पले गर्नुभएको छ ।

प्रदर्शन आइतबारदेखि सुरु भएर बिहीबार पनि जारी रहने अपेक्षा गरिएको छ । यो समयमा डेमोक्र्याटिक पार्टीको विशेषगरी सोमबार र बुधबार मुख्य सभा हुने बताइएको छ ।

डेमोक्रयाटिक पार्टीका लागि पनि चार दिने प्रचारप्रसार ट्रम्पको हत्याको प्रयास र ८१ वर्षीय बाइडेनको आश्चर्यजनक बहिर्गमनसहित स्मृतिमा सबैभन्दा उथलपुथलपूर्ण चुनावी चक्रको कडीमा ताजा हुनेछ ।

अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपति पदका उम्मेदवार बाइडेनले केही गर्न नसक्ने उहाँको तुलनामा आफू अझै उर्जावान् रहेको भन्दै आफ्नो अभियानलाई अघि बढाएका रिपब्लिकन उम्मेदवार तथा पूर्वउपराष्ट्रपति ट्रम्प एकाएक झमेलामा फस्नुभएको छ । बाइडेनको उम्मेदवारीबाट फिर्ता हुने निर्णयसँगै उपराष्ट्रपति ह्यारिसलाई दिएको समर्थनले ट्रम्पको दावी अनुसार उहाँ नै वृद्ध उम्मेदवार बन्नुभएको छ ।

रिपब्लिकनहरूले यस मुद्दामा अडिग रहन आग्रह गरे तापनि ट्रम्पले ह्यारिसको व्यक्तिगत अपमान र आलोचना गर्नुभएको छ । पेन्सिलभेनियामा शनिबार एक र्‍यालीका लागि जाँदै गर्दा पूर्व राष्ट्रपति ट्रम्पले आफू ह्यारिसभन्दा ‘धेरै राम्रो देखिने’ भन्दै उहाँलाई ’पागल’ को संज्ञा दिनुभएको थियो ।

पेन्सिलभेनिया, अमेरिकाको ग्रामिण क्षेत्रमा सम्भवत: सबै प्रतिस्पर्धा हुने राज्यमध्ये सबैभन्दा मूल्यवान मानिएको छ ।

यसले सन् २०२४ को चुनावी दौडलाई परिभाषित गर्न सक्छ र उम्मेदवारहरूले त्यस क्षेत्रको बारम्बार भ्रमण गरिरहेका छन् ।

नयाँ डेमोक्रयाटिक मानक वाहक ह्यारिसले आइतबार टिम वाल्जसँग केही महत्त्वपूर्ण प्रचारबारे निर्णय गर्नुभएको छ । पिट्सबर्गबाट बस यात्रा सुरु गर्नु अघि पश्चिमी पेन्सिलभेनियामा गरिब श्रमिक वर्गका मतदाताहरूलाई आकर्षित गर्न धेरै अभियान स्टेसन बनाई कार्यक्रमको घोषणा गर्नुभएको छ ।

सिकागो सम्मेलनमा सबैको ध्यान

सोमबार ह्यारिसको कथा अमेरिकी जनतासामु बताउने ठूलो अवसरका रूपमा लिइएको सिकागो सम्मेलनमा सबैका आँखा केन्द्रित छन् । बाइडेनको उपराष्ट्रपतिबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका उहाँलाई डेमोक्र्याटिक पार्टीको कमजोर अभियानलाई छिट्टै व्यापक समर्थन जुटाउन सफल भएका कारण उहाँ चिन्ने मौका मिलेको छ ।

ह्यारिसले बिहीबार अन्तिम दिन सम्बोधन गर्ने कार्यक्रम छ, तर सीएनएनका अनुसार बाइडेनले सोमबार सम्बोधन गर्दा उहाँ पनि बाइडेनसँग मञ्चमा देखा पर्नुहुनेछ ।

गत जुनमा ट्रम्पविरुद्ध भएको विवादास्पद बहसपछि डेमोक्रयाटहरूले बाइडेनलाई फिर्ता गरेपछि वृद्ध राष्ट्रपति अझै निराश हुनुहुन्छ । तर, बाइडेनले ट्रम्पले उत्पन्न गरेको लोकतन्त्रमा खतराको बारेमा ध्यान केन्द्रित गर्ने आफ्नो विरासतलाई बलियो बनाउन चाहेको स्पष्ट देखिन्छ ।

कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र ’ह्वाइट हाउसको शालीनता र गरिमा पुनस्र्थापित गर्न’ आफ्नै लाइनको व्यक्तिलाई नेतृत्वमा लान चाहनु बाइडेनका लागि अनौठो तर्क भने होइन ।

बाइडेनले ‘उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा वकालत गर्नुहुनेछ’ र ‘सबै अमेरिकीका लागि चुनावको दाउलाई उजागर गर्नुहुनेछ,” डेमोक्र्याटिक पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडेन पनि सोमबार मञ्चमा आउनुहुनेछ भने पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओबामा पनि यस हप्ता पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनका साथ अभियानमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

बुधबार ह्यारिसका तर्फबाट उपराष्ट्रपतिपदका उम्मेदवार वाल्जले मिनेसोटा राज्यका गभर्नरका रुपमा ट्रम्प र उहाँका प्रतिद्वन्द्वी भान्सको आलोचना गर्नुभएको थियो ।

अधिवेशनको बीचमा ह्यारिस र वाल्जले विस्कन्सिनको मिल्वौकीमा चुनाव प्रचार गर्ने छन् र त्यसपछि सिकागो फर्कनेछन् । सिकागोमा ह्यारिसका पति डग एमहोफले पनि ह्यारिसको अभियानलाई सम्बोधन गर्ने कार्यक्रम छ ।