१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ
अ अ+ अ-

त्रिशूली । यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् ।

लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रुपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रुपमा बढेको छ ।

“पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तीर्थयात्रीका लागि पदमार्गको स्तरोन्नतिगरी यात्रालाई सहज बनाएसँगै आगमन यात्रीको बढेको हो”, उपाध्यक्ष लामाले भन्नुभयो, “तीर्थयात्रीको सेवाका लागि बासस्थान, शान्ति, सुरक्षा, भरियालगायत आवश्य प्रबन्ध मिलाएका छौँ ।” उहाँका अनुसार नुवाकोटको घ्याङ्फेदीबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाउँठाउँमा सुविधासम्पन्न गेष्ट हाउस र होमस्टे (घरबास) सञ्चालित छन् ।

यात्रालाई लक्षित गर्दै नेपाल प्रहरी र नेपाली सेनासहित स्वयंसेवकमार्फत सुरक्षा व्यवस्था, खानपान र बसोबास, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), खानेपानी, प्राथमिक उपचार, शौचालयलगायत सुविधा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुप्चेश्वरमा पर्ने पदमार्गको विभिन्न स्थानमा तिर्थालुलाई पर्नसक्ने समस्या पहिचान गर्न, आवश्यक सहयोग गर्न पालिकाले स्वयंसेवकको टोली तयारीमा अवस्थामा राखेको छ ।

नुवाकोटबाट कसरी पुग्ने गोसाइँकुण्ड

गोसाइँकुण्ड स्नानका लागि जाने यात्रीले नुवाकोटतर्फको पदमार्ग प्रयोग गरी दुई स्थानबाट फेदीमा केन्द्रित भएर यात्रा गर्न सक्छन् । काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा सुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गिनगौठ, ठाडे, घोप्टे हुँदै फेदी पुग्न सकिन्छ ।

सवारीसाधनको प्रयोग गरेर पैदल दूरी छोट्याउनलाई नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेबाट वा काठमाडौँको टोेखा–छहरे खण्ड हुँदै खरानीटारमा पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङफेदी, सिसिपु, कसेरी, तालु हुँदै घोप्टे भएर फेदी पुग्न सकिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँबाट यात्रा गर्दा दुप्चेश्वर–१ सिसिपुसम्म सवारीसाधनमार्फत यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

यो यात्रामा दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन र सूर्यकुण्डकोसमेत स्नान गर्न सकिने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । यही कारणले पनि काठमाडौँबाट नुवाकोट हुँदै सिधैँ गोसाइँकुण्ड जाने तीर्थालुको रोजाइमा यो पदमार्ग परेको उहाँको भनाइ छ ।

काठमाडौँबाट आएका पैदलयात्री र नुवाकोटबाट सवारीसाधन र पैदलमार्फत घ्याङ्फेदीबाट गएका यात्री दुप्चेश्वर–१ स्थित फेदीमा जोडिन्छन् । फेदीबाट हाइक्याम्प हुँदै नुवाकोटस्थित सूर्यकुण्डमा स्नान पश्चात् रसुवाको गोसाइँकुण्डको स्नान गर्न पुग्न सकिने अध्यक्ष थापाले जानकारी दिनुभयो । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो । यो भन्दा सूर्यमती ९तादी० नदीको मुहान सूर्यकुण्ड थप उचाइमा पर्दछ ।

रसुवाको धुञ्चेबाट गोसाइँकुण्ड (४,३८० मि) पुग्नेहरु यसभन्दामाथि अवस्थित सूर्यकुण्ड (४, ६१० मि)मा स्नान गर्न थप हिँड्नुपर्ने भएकाले कम तीर्थालु सूर्यकुण्ड पुग्ने गरेका जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाका अभियन्ता नीलकण्ठ आचार्यले बताउनुभयो । नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा पदमार्गमा सूर्यकुण्ड पर्ने भएकाले ती तीर्थयात्रीले मात्र एकैसाथ दुई तिर्थमा स्नान गर्ने अवसर पाउने उहाँको भनाइ छ ।

धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त पदमार्गको स्तरोन्नतिसहित अप्ठ्यारो स्थानमा सिँढी निर्माणगरी व्यवस्थित बनाइएको पर्यटन अभियन्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा सञ्चालित व्यवस्थित गेष्टहाउस, होमस्टे, समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न उपसमिति, आमा समूहलगायतले तीर्थालुलाई आवश्यक सहयोग गरिरहेका छन् ।

गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला भर्न तीर्थालुको घुइँचो लाग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । “गत शुक्रबार पुत्रदा एकादशीदेखि सुरु भएको छ । उक्त मेला सोमबारसम्म लाग्नेछ । अहिले विभिन्न मार्ग र माध्यमको प्रयोग गरी मेला भर्न आउने यात्रीको आगमन बढ्दै गएकाले आवश्यक सुरक्षा, प्राथमिक उपचार, खानेपानी, शस्थायी शौचालयलगायत व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

यस तीर्थयात्राको अवधिमा रसुवा र नुवाकोटको दुवै पदमार्गबाट करिब १५ हजार तीर्थालुले मेलामा सहभागिता जनाउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिनुभयो । समुन्द्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हिन्दू र बौद्धमार्गीको धार्मिक आस्था जोडिएको छ ।

“पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवनगरी उक्त विषको जलन शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा (भगवान् शिवशङ्कर)ले बोकेकोे त्रिशूलले खोप्दा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किंवदन्ती छ । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो”, समितिका अध्यक्ष डिएमले भन्नुभयो । रासस