९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिजन्स बैंकको ११ प्रतिशत लाभांश वितरण गर्ने



अ+ अ-

काठमाडौं। सिटिजन्स बैंकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा गरेर ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त सभा पश्चात सेयरधनीलाई २७ करोड २६ लाख रुपैयाँ दिने निर्णय भएको छ । साधारणसभा पारितसँगै बैंकको चुक्ता पुँजी ७२ करोड ७१ लाख रुपैयाँले बढेको छ। 

१४औं वार्षिक साधारणसभामा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आगामी दिनमा बैंकले अझ धेरै प्रगति गर्दै जाने बताउनु भयो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले गत वर्ष एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको बताउनुभयो । साथै बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै गरेका बारे पनि जानकारी दिनुभयो ।  बैंकका साढे ६ लाख ग्राहक रहेका छन्।