४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

अझै भेटिएनन् अमरगढी किल्लाका हतियार

अझै भेटिएनन् अमरगढी किल्लाका हतियार
अ+ अ-

डडेल्धुरा । डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई पत्तो छैन । 

नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेका दर्जनौं हतियार र पाँच वटा तोप गायब भएको वषौँ बित्दा पनि अझै भेटिएका छैनन् । नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको डडेल्धुराको अमरगढी किल्लाबाट पुरात्विक महत्वका हतियार हराएका हुन् । तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएका छैनन् । सेनाको प्रयोग र संरक्षणमा रहेको अमरगढी किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारबारे खोजबिन र अनुसन्धान गरेको छैन ।

 स्थानीयका अनुसार पाँच वटा तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए । अमरसिंह थापाले विसं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र छैनन् ।

सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्व घटेको स्थानीयवासीको भनाइ छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ । नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेका पुरातत्व विभागको जिकिर छ ।

 विसं २०७२ वैशाख १२ को भूकम्पपछि सिन्धुलीगढी किल्लामा क्षति पुगेको थियो । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायतका ऐतिहासिक हतियार र सैनिक पोशाक नहुँदा किल्लाको महत्वसमेत घटेको छ ।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दशैँको फूलपातीको दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टुँडिखेलमा पट्काउने  गरेको स्थानीयवासी सुरेश थापाले बताउनुभयो । 

उहाँका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि सेनाले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लगेर गएको र कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, एक सय बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री रहेको किल्ला छेउ बस्ने स्थानीय बताउँछन् । 

अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका २०५४ सालमा स्थापना भएको थियो । नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो । 

विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयवासीको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा दिइएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति पाएको हो । 

किल्ला हेर्न आउने पर्यटक न्यून 
     
डडेल्धुराको ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा पर्यटकको आगमन न्यून हुँदै गएको छ । बन्दाबन्दीले किल्ला हेर्नै आउने आन्तिरक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने डडेल्धुुरा जिल्लाको मुख्य प्रवेशद्धारमा रहेको अमरगढी किल्लामा पर्यटकीय गन्तव्य किल्ला सुनसान रहेको छ । 

डडेल्धुरामा धेरै पर्यटकीय गन्तव्यस्थलमध्येको पहिलो गन्तव्य जिल्ला सदरमुकामको किल्ला पर्यटकको पहिलो रोजाइँमा पर्ने भए पनि पछिल्लो समय न्यून रहेको स्थानीय पर्यटन व्यवसायी दानबहादुर भण्डारीले बताउनुभयो ।