१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति कोटीहोमको विवाद मेलमिलापमा टुंगियो, के के भयाे सहमति ?



अ+ अ-

काठमाडौं । पशुपतिनाथको कोटिहोममा शुक्रबार राति भएको घटना मेलमिलापमा टुंगिएको छ । कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोमस्थल तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शनिबार भएको सर्वपक्षीय छलफलमार्फत सो घटना मेलमिलापमा टुंग्याउने सहमति भएको हो । आयोजक पक्षधर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा सो घटनालाई मेलमिलापमा टुंग्याउने सहमति भएको बैठकपछि जारी सहमति पत्रमा भनिएको छ ।

बैठकले १५ दिनपछि घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कडा कारबाही गर्ने गरि सहमति गरेको बताइएको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि कृष्णमूर्ति समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यसलगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि कृष्णमूर्तिका समर्थकले हातपात गरेका थिए ।