८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति कोटीहोमको विवाद मेलमिलापमा टुंगियो, के के भयाे सहमति ?



अ+ अ-

काठमाडौं । पशुपतिनाथको कोटिहोममा शुक्रबार राति भएको घटना मेलमिलापमा टुंगिएको छ । कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोमस्थल तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शनिबार भएको सर्वपक्षीय छलफलमार्फत सो घटना मेलमिलापमा टुंग्याउने सहमति भएको हो । आयोजक पक्षधर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा सो घटनालाई मेलमिलापमा टुंग्याउने सहमति भएको बैठकपछि जारी सहमति पत्रमा भनिएको छ ।

बैठकले १५ दिनपछि घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कडा कारबाही गर्ने गरि सहमति गरेको बताइएको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि कृष्णमूर्ति समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यसलगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि कृष्णमूर्तिका समर्थकले हातपात गरेका थिए ।