१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार ९६ जनामा सक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार देशभर गरिएको ६ हजार ४ सय ९५ जनाको पिसिआर परिक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आइतबार १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । 

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।