२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकद्वारा मोबाइल एपमार्फत भुक्तानी सेवा शुरु



अ+ अ-

काठमाडौं।  माछापुच्छ्रे बैंकले डिजिटल भुक्तानी गर्ने सेवा शुरु गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउससँग कर्पोरेट पे प्रणालीको सुरुवात गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एनसीएचएलका प्रमुख कार्यकारी निलेषमानसिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि बैंकका  व्यवसायिक ग्राहकहरुले (विभिन्न संघसंस्था, सरकारी कार्यालय) को मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङमार्फत बैंकमा नगर्इ फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवा तथा राजस्वको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त भुक्तानीका लागि अधिकतम सुरक्षाका उपायहरु अपनाइने बैंकले जनाएको छ । यो प्रणालीमार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल टाइम वा नन् रियलटाइम भुक्तानी कारोबार गर्न सकिने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।