१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड

डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्ता बताएका हुन् ।

उनीहरुले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा डिजिटल कारोबारको विषयलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुनसक्ने धारणा राखे । सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धि कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए ।

सांसदहरुले बैंकिङ प्रणालीमा असर पर्ने खालका गतिविधिलाई रोक्ने गरी कानून संशोधन गर्न जरुरी रहेको बताए । समितिमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कानूनमा वित्तीय सुशासनको व्याख्या गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले बैंकको ऋण मिनाह गरिदिन्छु भन्नेका पछाडी मानिसहरु लाग्न थालेको बताउनु भयो । उहाँले बैंकिङ प्रणाली र वित्तीय प्रणालीको लागि ठूलो सामाजिक बेथिति भएको धारणा राख्नुभयो । सांसद श्रेष्ठले वित्तीय प्रणालीमा परम्परागत रुपमा सुधार आउन नसक्ने भन्दै बैंकिङ कारोबार डिजिटलाइज हुनुपर्ने बताउनु भयो ।

नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले बैंकिङ कसुर तथा सजाय ऐनमा अदालतले गर्ने स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकका ग्राहक सुरक्षाका विषय भएपनि ऐन संशोधनमा केही नबोलेको भन्दै सर्वसाधरणलाई बैंकिङ अपराधको विषयमा जानकारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले बैकिङ प्रणाली डिजिटलमा गइरहेको तर पछिल्लो समय बैंकिङ कारोबारमा अपराधहरु बढ्दै गएको बताउनु भयो । उहाँले ऐन संशोधनमा साइबर र बैंकिङ अपराधको विषयमा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद छिरीङ डम्डुल लामाले डिजिटल कारोबारलाई व्यवस्थित गर्ने गरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले डिजिटल कारोबार सबै निकायमा गर्नसके मात्रै बैंकिङ अपराध कम हुने उल्लेख गर्नुभयो । उहाँले ठूलो व्यापारी र ठूला नेताले मुलुकबाहिर लगानी गरेको भन्दै नेपालको रकम बाहिर लैजान नसक्ने कानून बनाउनु आवश्यक रहेको बताउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले डिजिटल कारोबारलाई व्यवस्थित बनाउने गरी कानून संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामान्य पढे लेखेकाहरुले पनि डिजिटल कारोबारमा पहुँच राख्नेगरी कानूनी व्यवस्था समावेश गरी ऐन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारमा पैसा जान नसक्नुको कारण बैंकका कर्मचारीहरुले स्वीकृत गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले ऋण दिँदा बैंकका सम्पूर्ण कर्मचारीहरु प्रहरी हिरासतमा जानुपर्ने अवस्थाले ऋण प्रवाहमा समस्या रहेको बताउनु भयो ।

उहाँले ऋण दिँदा कमिसन खानेलाई कारबाही गर्नुपर्ने तर बैंकका सबै कर्मचारी प्रहरी हिरासतमा जानुपर्ने प्रावधानलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।