१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द नोटबुक’की चर्चित अभिनेत्री जेना रोल्याण्ड्सको निधन



अ+ अ-

एजेन्सी । ‘ग्लोरिया’, ‘ओपनिङ नाइट’, ‘अनदर वुमन’ र ‘द नोटबुक’ जस्ता धेरै हिट हलिउड फिल्ममा काम गरेकी बरिष्ठ हलिउड अभिनेत्री जेना रोल्याण्ड्सको निधन भएको छ ।

९४ वर्षीया जेना विगत पाँच वर्षदेखि डिमेन्सियाबाट पीडित थिइन् । उनले अगस्ट १४ मा अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै घरमा अन्तिम सास लिए । जीनाका छोरा र फिल्म निर्माता निक क्यासवेट्सले उनको मृत्युको पुष्टि गरेका छन् ।

उनले सन् १९५८ मा फिल्म ‘द हाई कोस्ट अफ लभिङ’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । करिब ६० वर्षको करियरमा उनले धेरै हिट फिल्म दिइन् । उनी पछिल्लो पटक सन् २०१४ मा रिलिज भएको फिल्म ‘सिक्स डान्स लेसन इन सिक्स वीक’ मा देखिएकी थिइन् ।

फिल्मका अलावा जेनाले लामो समय टेलिभिजनमा पनि काम गरिन् । उनले टिभीमा आफ्नो पहिलो शो सन् १९५४ मा गरेकी थिइन् जसको नाम ‘टप सेक्रेट’ थियो । यस बाहेक उनी ‘स्टुडियो वन’, ‘लारामी’, ‘जोनी स्टाकाटो’, ‘बोनान्जा’ र ‘द भर्जिनियन’ लगायत धेरै शोहरूमा भाग थिइन् । उनले ५६ वर्ष टिभीमा काम गरिन् ।

आफ्नो करिअरमा जेनाले ४ एमी र दुई गोल्डेन ग्लोब अवार्ड जितिन् । उनले ओस्करमा दुई पटक मनोनयन पनि परिन् । र अन्ततः २०१५ मा मानार्थ एकेडेमी पुरस्कारबाट सम्मानित भइन् ।