१ पुष २०८२, मंगलवार
,
Latest
१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द नोटबुक’की चर्चित अभिनेत्री जेना रोल्याण्ड्सको निधन



अ+ अ-

एजेन्सी । ‘ग्लोरिया’, ‘ओपनिङ नाइट’, ‘अनदर वुमन’ र ‘द नोटबुक’ जस्ता धेरै हिट हलिउड फिल्ममा काम गरेकी बरिष्ठ हलिउड अभिनेत्री जेना रोल्याण्ड्सको निधन भएको छ ।

९४ वर्षीया जेना विगत पाँच वर्षदेखि डिमेन्सियाबाट पीडित थिइन् । उनले अगस्ट १४ मा अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै घरमा अन्तिम सास लिए । जीनाका छोरा र फिल्म निर्माता निक क्यासवेट्सले उनको मृत्युको पुष्टि गरेका छन् ।

उनले सन् १९५८ मा फिल्म ‘द हाई कोस्ट अफ लभिङ’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । करिब ६० वर्षको करियरमा उनले धेरै हिट फिल्म दिइन् । उनी पछिल्लो पटक सन् २०१४ मा रिलिज भएको फिल्म ‘सिक्स डान्स लेसन इन सिक्स वीक’ मा देखिएकी थिइन् ।

फिल्मका अलावा जेनाले लामो समय टेलिभिजनमा पनि काम गरिन् । उनले टिभीमा आफ्नो पहिलो शो सन् १९५४ मा गरेकी थिइन् जसको नाम ‘टप सेक्रेट’ थियो । यस बाहेक उनी ‘स्टुडियो वन’, ‘लारामी’, ‘जोनी स्टाकाटो’, ‘बोनान्जा’ र ‘द भर्जिनियन’ लगायत धेरै शोहरूमा भाग थिइन् । उनले ५६ वर्ष टिभीमा काम गरिन् ।

आफ्नो करिअरमा जेनाले ४ एमी र दुई गोल्डेन ग्लोब अवार्ड जितिन् । उनले ओस्करमा दुई पटक मनोनयन पनि परिन् । र अन्ततः २०१५ मा मानार्थ एकेडेमी पुरस्कारबाट सम्मानित भइन् ।