२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखाको प्रसिद्ध ‘चाकु’ सम्बन्धि पहिलो वृत्तचित्र निर्माण हुँदै



अ+ अ-

काठमाडौं । टोखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा “टोखा चाकु वृत्तचित्र” निमार्ण गर्ने सम्झौता गरिएको छ ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापाबीच “टोखा चाकु वृत्तचित्र” निर्माणमा हस्ताक्षर तथा सम्झौता भएको हो ।

सम्झौता अनुसार उक्त वृत्तचित्र नेपाली, अंग्रेजी र नेपाल भाषमा निमार्ण गरिनेछ ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले चाकुलाई नेपाल लगायत विश्व बजारसम्म पुर्‍याउन विभिन्न माध्यम प्रयोग गर्नुपर्ने भएकाले प्रचारप्रसार गर्नको लागि वृत्तचित्र निर्माण गर्न लागेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली मौलिक परम्परासँग जोडिएर रहेको ‘चाकु’ लाई खद्य गुणस्तर अनुसार मापदण्डमा रहेर उत्पादन गर्न नेपाली चकलेटको रुपमा नामांकरणगरि अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मन्त्रालयबाट पहल गर्ने बताएका छन् ।

टोखा र चाकु
ठेचोको खुवा, सानागाँउको परालको सुकुल अनि लुभुको तानको कपडा भने झै टोखा चाकुको लागि प्रख्यात मानिन्छ । विशेष गरी नेवार समुदायमा माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

उद्योगमा सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुुलगायत उत्पादन भइरहेका छन् । टोखा’ नामको विषयमा किंवदन्ती छ। पहिला गाउँमा ठूलो फाँट थियो जहाँ उखु खेती गरिन्थ्यो। नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट । त्यसैले बस्तीलाई ‘टुख्यः’ भनिन्थ्यो। टुख्य भन्दाभन्दै अपभ्रंस भएर टोखा भन्न थालियो ।

त्यतिबेला गाउँमा उखुको धेरै खेती हुन्थ्यो। र उखुबाट चाकु बनाइन्थ्यो । ‘उखुको रसलाई पकाएर सख्खर बनाइन्थ्यो। अनि सख्खरबाट चाकु। अहिले बस्तीमा उखु खेती त छैन तर चाकु बनाउने काम भने निरन्तर भइरहेको छ । चाकु बनाउने सख्खर भने तराईबाट ल्याइन्छ ।

चाकु बनाउन ठूलो फोसी (भाँडा)मा सख्खरपानी उमालिन्छ । त्यो लेदो बाक्लो भएपछि भाँडोमा खन्याइन्छ । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ। अनि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर तानिन्छ। त्यसपछि विभिन्न आकारमा ढालिन्छ ।

यहाँको चाकु उद्योगलाई संरक्षण गर्न वि।सं २०७३ कात्तिक २२ गते ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ स्थापना गरिएको छ ।