१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

टोखाको प्रसिद्ध ‘चाकु’ सम्बन्धि पहिलो वृत्तचित्र निर्माण हुँदै

टोखाको प्रसिद्ध ‘चाकु’ सम्बन्धि पहिलो वृत्तचित्र निर्माण हुँदै
अ अ+ अ-

काठमाडौं । टोखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा “टोखा चाकु वृत्तचित्र” निमार्ण गर्ने सम्झौता गरिएको छ ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापाबीच “टोखा चाकु वृत्तचित्र” निर्माणमा हस्ताक्षर तथा सम्झौता भएको हो ।

सम्झौता अनुसार उक्त वृत्तचित्र नेपाली, अंग्रेजी र नेपाल भाषमा निमार्ण गरिनेछ ।

टोखा परम्परागत चाकु समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले चाकुलाई नेपाल लगायत विश्व बजारसम्म पुर्‍याउन विभिन्न माध्यम प्रयोग गर्नुपर्ने भएकाले प्रचारप्रसार गर्नको लागि वृत्तचित्र निर्माण गर्न लागेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली मौलिक परम्परासँग जोडिएर रहेको ‘चाकु’ लाई खद्य गुणस्तर अनुसार मापदण्डमा रहेर उत्पादन गर्न नेपाली चकलेटको रुपमा नामांकरणगरि अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मन्त्रालयबाट पहल गर्ने बताएका छन् ।

टोखा र चाकु
ठेचोको खुवा, सानागाँउको परालको सुकुल अनि लुभुको तानको कपडा भने झै टोखा चाकुको लागि प्रख्यात मानिन्छ । विशेष गरी नेवार समुदायमा माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

उद्योगमा सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुुलगायत उत्पादन भइरहेका छन् । टोखा’ नामको विषयमा किंवदन्ती छ। पहिला गाउँमा ठूलो फाँट थियो जहाँ उखु खेती गरिन्थ्यो। नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट । त्यसैले बस्तीलाई ‘टुख्यः’ भनिन्थ्यो। टुख्य भन्दाभन्दै अपभ्रंस भएर टोखा भन्न थालियो ।

त्यतिबेला गाउँमा उखुको धेरै खेती हुन्थ्यो। र उखुबाट चाकु बनाइन्थ्यो । ‘उखुको रसलाई पकाएर सख्खर बनाइन्थ्यो। अनि सख्खरबाट चाकु। अहिले बस्तीमा उखु खेती त छैन तर चाकु बनाउने काम भने निरन्तर भइरहेको छ । चाकु बनाउने सख्खर भने तराईबाट ल्याइन्छ ।

चाकु बनाउन ठूलो फोसी (भाँडा)मा सख्खरपानी उमालिन्छ । त्यो लेदो बाक्लो भएपछि भाँडोमा खन्याइन्छ । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ। अनि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर तानिन्छ। त्यसपछि विभिन्न आकारमा ढालिन्छ ।

यहाँको चाकु उद्योगलाई संरक्षण गर्न वि।सं २०७३ कात्तिक २२ गते ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ स्थापना गरिएको छ ।