• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा



काठमाडौँ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुग्नु भएको छ ।

उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डीन थम्प्सनले स्वागत गर्नुभयो ।

नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपाल सरकारका अन्य नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसाग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूताबासले जनाएको छ ।

बर्मा आजै साँझ भारतको भ्रमणमा जानु हुने छ ।