५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा भदौमा औसतमा ०.१९ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

भदौमा २० वाणिज्य बैंकमध्ये १२ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले स्थिर राखेका छन् भने एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

भदौमा स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट बैंकले ब्याजदर घटाएका छन् ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर एनएमबी र एनआईसी एसिया बैंकको रहेको छ । उनीहरुले ७.४१ प्रतिशत ब्याजदर कायम गरेका छन् । प्रभु र एभरेष्ट बैंकले सबैभन्दा कम ६.१ ब्याजदर कायम गरेको छ ।