२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा भदौमा औसतमा ०.१९ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

भदौमा २० वाणिज्य बैंकमध्ये १२ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले स्थिर राखेका छन् भने एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

भदौमा स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट बैंकले ब्याजदर घटाएका छन् ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर एनएमबी र एनआईसी एसिया बैंकको रहेको छ । उनीहरुले ७.४१ प्रतिशत ब्याजदर कायम गरेका छन् । प्रभु र एभरेष्ट बैंकले सबैभन्दा कम ६.१ ब्याजदर कायम गरेको छ ।