२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते, एककाे अवस्था गम्भीर



अ+ अ-

काठमाडौं । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस आज बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।