९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ३१ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी एक अर्बले बढ्ने छ। 

बैंकले गत आर्थिक वर्ष एक अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको जगेडा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ छ। पछिल्लो एक महिनायता बैंकको सेयर मूल्य निरन्तर बढेपनि एक सातायता भने घटिरहेको छ। अहिले बैंकको सेयर मूल्य ३४२ रुपैयाँ छ। 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ।