२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं। प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ३१ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी एक अर्बले बढ्ने छ। 

बैंकले गत आर्थिक वर्ष एक अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको जगेडा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ छ। पछिल्लो एक महिनायता बैंकको सेयर मूल्य निरन्तर बढेपनि एक सातायता भने घटिरहेको छ। अहिले बैंकको सेयर मूल्य ३४२ रुपैयाँ छ। 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ।