१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध विश्वविद्यालयलाई छात्रवृत्तिका लागि ४० लाख दान



अ+ अ-

लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् ।

चिनियाँ भिक्षु तथा नागरिकले व्यक्तिगत रुपमा रकम जम्मागरी विश्वविद्यालयलाई दान स्वरुप रु ४० लाख एक हजार दान गरेका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रमका बीच चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गर्नुभयो ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताउनुभयो ।

विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको जानकारी गराउँदै सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । त्यस्तै चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरूले हस्तान्तरण गरेको दान निरन्तर गर्दै जाने बताउनुभयो ।

चिनियाँ भिक्षुसहित १५ जना परिवारले सङ्कलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् । रासस