५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध विश्वविद्यालयलाई छात्रवृत्तिका लागि ४० लाख दान



अ+ अ-

लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् ।

चिनियाँ भिक्षु तथा नागरिकले व्यक्तिगत रुपमा रकम जम्मागरी विश्वविद्यालयलाई दान स्वरुप रु ४० लाख एक हजार दान गरेका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रमका बीच चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गर्नुभयो ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताउनुभयो ।

विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको जानकारी गराउँदै सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । त्यस्तै चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरूले हस्तान्तरण गरेको दान निरन्तर गर्दै जाने बताउनुभयो ।

चिनियाँ भिक्षुसहित १५ जना परिवारले सङ्कलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् । रासस