काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार १४ जना रहेका छन् ।
सोमबार उपत्यकामा संक्रमित पुष्टि हुनेमा १८८ जना महिला र २५४ पुरुष रहेका छन् ।











