९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी

उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारीे दिनुभएको छ ।

उहाँले रासससँग भन्नुभयो, “चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ । यस वर्ष प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराइनेछ ।

किसानले जुन वर्ष क्रसिङ गर्नुभएको हो, सोही वर्षमै भुक्तानी सुनिश्चित गरिन्छ । किसानको रकम भुक्तानी हाम्रो प्राथमिकता हो र यसका लागि हामीले सक्दो मिहिनेत गरेका छौँ ।”

मन्त्री चौधरीले किसानलाई दिइने अनुदान भुक्तानीमा उल्लेख्य प्रगति भएको  बताउँदै चालु आर्थिक वर्षको उखु क्रसिङ सम्पन्न भएपछि सरकारले अनुदान रकम समयमै निकासा गरी सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिनुभयो । विगतमा उखु क्रसिङ भएको अर्को आर्थिक वर्षमा मात्र भुक्तानी हुने गरेको अवस्था रहने गरेकामा यस वर्ष भने सोही आर्थिक वर्षभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

यसबीच उखु मिलहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल रु २० मध्ये करिब ९३ प्रतिशत भुक्तानी गरिसकेका छन् । त्यसैगरी सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल रु ७० अनुदान पनि सम्बन्धित निकायमा निकासा भइसकेको भन्दै आवश्यक प्रक्रिया पूरा गरी किसानको खातामा जम्मा गरिने पनि मन्त्री चौधरीले बताउनुभयो ।

करिब रु एक अर्ब ५१ करोड अनुदान रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । बाँकी केही भुक्तानी किसानको बैंक खाता, पान नम्बरलगायत प्राविधिक विवरण नमिलेकाले रोकिएको बताउँदै मन्त्री चौधरीले ती समस्या समाधान हुनेबित्तिकै बाँकी रकम पनि भुक्तानी गरिने जानकारी दिनुभयो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले विगतका वर्षमा किसानले भुक्तानीका लागि छदेखि आठ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा यस वर्ष उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँका अनुसार अधिकांश किसानले २५ दिनदेखि एक महिनाभित्रै भुक्तानी प्राप्त गरेका छन्, जसले सरकारको भुक्तानी प्रणाली थप प्रभावकारी बनेको देखाएको छ ।

चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलमा उखु क्रसिङ गराएका करिब ६८ हजार किसानलाई नेपाल सरकारले तोकेको खरिद मूल्य रु ६२० (प्रतिक्विन्टल अनुसार) मिलले भुक्तानी गर्नुपर्ने रु दुई करोड २१ लाख क्विन्टलबापतको कुल रकम रु १३ अर्ब ७६ करोड भुक्तानीमा सहजीकरण भएको कृषि विभागले जनाएको छ ।

हालसम्म भुक्तानी गरिनुपर्ने रकमको करिब ९२ प्रतिशत मिलबाट भुक्तानी भइसकेको तथा बाँकी किसानको खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीको क्रममा रहेको जनाइएको छ ।

त्यसैगरी, सरकारको तर्फबाट दिइने अनुदान रकम रु ७० (प्रतिक्विन्टलका लागि रु एक अर्ब ५२ करोड) रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा गइसकेको र यही असार २५ गतेभित्र सबै किसानको खातामा भुक्तानी हुने जानकारी दिइएको छ । रासस