१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

धानको बीउमा मरुवा रोगको समस्या

धानको बीउमा मरुवा रोगको समस्या
फाइल फोटो
अ अ+ अ-

चितवन। जिल्लामा रोप्नका लागि तयार भएको धानको बीउमा मरुवा (व्लाष्ट) रोगको समस्या देखिएको छ ।

भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बीउको ब्याडमा मरुवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको हो ।

कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका-२७ र २८ मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरुवाको समस्या देखिन थालेको हो । उहाँले बिरुवाका पातमा साना खैरो, कालो दागजस्तो देखिएको बताउनुभयो ।

सूचना अधिकारी पौडेलले भन्नुभयो, “यो रोग बढ्दै जाँदा ठूला काला थोप्ला, बीचमा सेतो आकार भएको डुङ्गा आकृतिका दागहरू प्रष्ट देख्न सकिन्छ । यसले बाली उत्पादनमा १० देखि २० प्रतिशतसम्म क्षति गर्नसक्ने जोखिम निम्त्याउँछ ।”

उहाँका अनुसार यो रोग बीउ, सङ्क्रमित पानी, परालका ठूटा तथा झारपातबाट सर्ने गर्दछ । सङ्क्रमण न्यूनीकरणका लागि ओसिलो, न्यानो र २१ डिग्री सेल्सियस तापक्रमको अवस्था उत्तम वातावरण हुने जनाउँदै पौडेलले रोग देखिएका ब्याडका बीउको उपचार नगरी रोप्न नहुने बताउनुभयो ।

यसको सङ्क्रमण रोक्नका लागि निरोगी बीउको प्रयोग गर्ने, रोगबाट ग्रसित भएको खेतबाट बीउ छनोट नगर्ने, खेतबारी, आली तथा वरिपरि रहेका अन्नबाली जातको झारपात हटाइ खेतलाई सफा राख्नुपर्ने पौडेलले सुझाव दिनुभयो । बीउ राख्दा सम्भव भएसम्म हिले ब्याडमा राख्ने र धानखेतीमा पानी जमाइराख्ने गर्नुपर्ने उहाँले बताउनुभयो । रासस