१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’

‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’
फाइल फोटो
अ अ+ अ-

चितवन। कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताउनुभएको छ ।

देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताउनुभएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन ।” उहाँले काँचो मासु ल्याएर राखिएको भाँडा भने निःसङ्क्रमित गर्न सुझाव दिनुभयो ।

प्रा डा बस्नेतले भन्नुभयो, “ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ”, तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उहाँले सुझाव दिनुभयो ।

बर्डफ्लुका विज्ञसमेत रहनुभएका प्रा डा बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने जनाउँदै भन्नुभयो, “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उहाँको भनाइ छ ।

सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा डा बस्नेतले सुझाव दिनुभयो । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताउनुभयो । चितवनसहित छिमेकी २२ जिल्लाबाट यहाँ नमूना परीक्षणका लागि आउने जनाउँदै उहाँले जिल्लामा पछिल्लो समय गत जेठमा सङ्क्रमण देखिएको बताउनुभयो ।

त्यसअघि चैतमा एउटा फार्ममा सङ्क्रमण देखिएको भन्दै डा श्रेष्ठले किसानलाई सजग भएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “फार्ममा काम गर्दा सुरक्षित भएर काम गर्नुपर्छ । कामदारले पञ्जा, बुट, एप्रोन, माक्सजस्ता सुरक्षाका उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।”

डा श्रेष्ठले जैविक सुरक्षामा ध्यान दिन सकेमा सङ्क्रमणबाट बच्न सकिने सुझाव दिनुभयो । किसानका फार्ममा कुखुरा मार्ने समस्या देखिएमा वा शङ्कास्पद देखिएमा तत्काल परीक्षण गर्न र रोग पुष्टि भएमा सो फार्मका अण्डा, कुखुरा र दाना बाहिर नलैजान उहाँले आग्रह गर्नुभयो ।

मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उहाँले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताउनुभयो । मानिसबाट मानिसमा यो रोग नसर्ने भन्दै उहाँले भन्नुभयो, “पकाएर मासु र अण्डा खाँदा कुनै समस्या छैन ।”

भाइरस बाहिरबाट फार्ममा भित्रिने भन्दै डा श्रेष्ठले खोरमा आफैँ भाइरस उत्पादन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भाइरस बाहिरबाट आउने हो ।

चराचुरुङ्गी, गाडी, दाना, पानीको माध्यमबाट खोरमा भित्रिन सक्छ ।” चराचुरुङ्गीमार्फत सङ्क्रमण आउन सक्ने भन्दै उहाँले खोर वरिपरिका रुख काट्न पनि सुझाव दिनुभयो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार बर्डफ्लुबाट नष्ट गर्ने पोल्ट्रीजन्य सामग्रीमा जिल्ला दररेटको ७० प्रतिशत सरकारले क्षतिपूर्ति दिने गर्दछ । रासस