१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिआइजीहरु सिंह, पन्त र धानुक एआईजीका लागि बढुवा सिफारिस



अ+ अ-

काठमाडौं, । नेपाल प्रहरीको एआइजीका लागि तीन   डिआइजी बढुवाका लागि  सिफारिश भएका छन् । सिफारिश भएकाहरुमा वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक छन् । गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार सिंह, धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तीन एआइजीको दरबन्दी बढाउने निर्णय गरेर उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । बढुवा भएपछि प्रहरीमा प्राविधिकबाहेक ८ जना एआइजी हुनेछन् । बढुवा भएकाहरुमध्ये पन्त आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी थापासँगै सेवानिवृत्त हुनेछन् ।

सिंह र धानुक एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् । आइजीपी थापासहित एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की सेवानिवृत्त भएपछि आइजीपीमा पोखरेल र थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । उनीहरुसँगै धिरज प्रताप सिंह र रविन्द्र धानुक पनि प्रतिष्पर्धी देखिएका छन् ।्र